२०८३ बैशाख १५
April 28, 2026, Tuesday

हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीति आवश्यक : अर्थमन्त्री

हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीति आवश्यक : अर्थमन्त्री

कोशीपारी अनलाइन
माघ १२, काठमाण्डौं

अर्थमन्त्री रामेश्वर खनालले नेपालमा प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीतिहरु केन्द्रीत गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा व्यापार सहजीकरण साथै नेपाली समाजलाई सुरक्षित राख्न हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न रणनीति र नीतिहरु केन्द्रीत गर्नुपर्ने बताए ।
उनले भने, ‘आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा हामीले मूलभूत रुपमा तीन चारवटा थिममा काम गर्नुपर्छ जस्तो लाग्छ । त्यसमा एउटा व्यापार सहजीकरण हो । अर्को कसरी नेपाली समाजलाई सुरक्षित राख्नको लागि प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न सक्छौ यो विषयमा हाम्रो रणनीति र नीतिहरु केन्द्रीत हुन आवश्यक छ ।’
यस्तै, उनले सुधारको काम अगाडि बढाउदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरुको तयारी पनि सँगै लिएर जानुपर्ने भन्दै यसमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको र सरकार पनि मिलेर अगाडी बढ्न तयार रहेको बताए ।
उनले भने, ‘जुनसुकै समाजमा पनि जतिसुकै राम्रो काम प्रारम्भ गरेपछि त्यसको दुरुपयोग गर्ने, त्यसबाट लाभ लिने प्रयास गर्ने तत्वहरु जाग्ने सम्भावना हुन्छ । त्यो नेपालमा मात्र होइन अन्य ठाँउमा पनि हुन्छ । त्यसकारण सुधारको काम अगाडि बढाउँदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरु के हुन्, त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराको तयारी पनि सँगै लिएर जानुपर्छ । यसबाट एकपटक गरिएको सुधारबाट फर्किएर फेरि पुरानै बिन्दुमा पुग्न पर्दैन् । यो क्रममा निजी क्षेत्रले सहकार्य गर्न तयार छौ भनेर हात फैलाउनु भएको छ । त्यसमा हामी पनि मिलेर अगाडी बढ्न तयार छौ ।’
उत्पादनमा आधारित र आन्तरिक उपभोग वृद्धि गर्ने दृष्टिकोणबाट अर्थतन्त्रलाई अगाडि लानुपर्ने भन्दै यसमा पनि भन्सारको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।
साथै, उनले भन्सार प्रशासनलाई सहयोग पुग्ने र व्यापार सहजीकरण गर्नको लागि कस्ता किसिमका दक्षता भन्सारलाई आवश्यक छ त्यो दक्षता वृद्धि गर्नको लागि प्रशिक्षण कार्यक्रम, चेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने पनि बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP