कोशीपारी अनलाइन
माघ १०, काठमाण्डौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित राप्रपा पार्टीको भेला तथा कार्यक्रममा उनले जेनजी युवाहरुले यो देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए ।
उनले भने, ‘राप्रपालाई किन भोट दिने भन्ने कुरामा म स्पष्ट पार्न चाहन्छु, यो चुनाव मध्यावधी चुनाव हो । यो चुनाव गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको परिणाम हो । जेनजी युवाहरुले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए । जेनजी युवाहरुले उठाएको माग अधुरो रहेको छ । त्यो अधुरो चाहना र मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा हो ।’
यस्तै, उनले स्वतन्त्र, स्वाभीमान नागरिक भएर हेर्ने हो भने भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिष्ट पार्टी भएको भन्दै जनताले यो सबैबाट मुक्ति खोजीरहेको बताए । काङ्ग्रेस र कम्युनिष्टको गलत नीतिले गर्दा देशमा संकट आएको भन्दै भ्रष्ट व्यवस्था र शासकका मूल संवाहकले देशलाई भ्रष्टाचारबाट मुक्त गराउन नसक्ने पनि उनको भनाई छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...