२०८३ बैशाख १०
April 23, 2026, Thursday

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

कोशीपारी अनलाइन
मााघ १०, काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् ।

ओलीले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’

उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे ।
उनले घटनापछि फैलाइएका आरोप र प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै भने, ‘यो गाउँका मान्छेले बनाएको कुरा होइन। बाहिरबाट पठाइएको भ्रम हो । त्यही भ्रममा परेर मान्छेहरू उकासिए, कुदाइए, तोडफोड, आगजनी र लुटपाट गराइयो।’ यस्तो भ्रम फैलाउने शक्तिहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ विषय नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम गर्दा पनि चर्को विरोध भएको स्मरण गराए । ‘हामी देश बनाउन लागिरहेका छौँ, त्यसैले हाम्रो विरोध भएको हो,’ उनले भने, ‘हामी देश बनाउने र देश जोगाउने अभियानमा छौँ ।’

उनले आफू सरकारबाट हटेपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको बताए । उनले भने, ‘म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए । अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट रोकाउनेहरू हुन्।’ ओलीले यस क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने बताए ।

ओलीले एमाले विकासका कुरा मात्र नगरी काम गरेर देखाउने पार्टी भएको दाबी गर्दै अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।
‘हामीले गरेका कामहरू पूरा गर्न र नयाँ विकासका काम अघि बढाउन चुनाव लडिरहेका छौँ, हामी विकास गर्ने मान्छे हौँ, गरेका छौँ र गर्छौँ,’ उनले भने ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP