२०८३ बैशाख १५
April 28, 2026, Tuesday

माघेझरीले हिमाली पर्यटनमा चहलपहल बढाउने संकेत

माघेझरीले हिमाली पर्यटनमा चहलपहल बढाउने संकेत

कोशीपारी अनलाइन
मााघ १०, काठमाण्डौं

यस वर्षको पहिलो माघेझरी सुरु भएसँगै नेपालका प्रमुख पर्यटन गन्तव्यहरूमा मौसमजन्य आकर्षण बढ्ने संकेत देखिएको छ ।
पश्चिमी वायुको प्रभावले पश्चिम नेपालदेखि पहाडी र हिमाली भूभागसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले हिमाली दृश्यावलोकन र प्रकृतिमुखी पर्यटनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म मध्यम वर्षा हुने सम्भावना छ । यसले पहाडी पर्यटकीय क्षेत्रहरूमा हरियाली थपिने र हिमाली भेगमा हिमपातसँगै सेताम्मे दृश्य देखिने भएकाले पर्यटकका लागि थप आकर्षण सिर्जना गर्नेछ।

‘शुक्रबार अपराह्नदेखि सुरु भएको माघेझरी यस वर्षकै पहिलो हो,’ उनले भने, ‘यसपछि मंगलबारदेखि अर्को माघेझरी भित्रिने सम्भावना रहेकाले हिमाली पर्यटन अझ सक्रिय हुन सक्छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, रारा, शे–फोक्सुण्डोजस्ता गन्तव्यमा हिमपातपछि देखिने हिमाली सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकको चासो बढाउने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना पनि छ ।

पर्यटन व्यवसायीहरूका अनुसार माघेझरीपछि मौसम खुलेमा हिमालहरू स्पष्ट देखिने भएकाले ट्रेकिङ, फोटो टुरिजम र प्रकृति अवलोकनमा आधारित पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

साथै, मौसम परिवर्तनका कारण हवाई उडान, सडक यात्रा र पदयात्रामा अस्थायी अवरोध आउन सक्ने भएकाले विभागले पर्यटक तथा पर्यटन व्यवसायीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी हिमाली र पहाडी गन्तव्यमा यात्रा गर्ने पर्यटकलाई मौसम पूर्वानुमानअनुसार योजना बनाउन सुझाव दिइएको छ ।

माघेझरीसँगै आएको वर्षा र हिमपातले पर्यटनसँगै प्राकृतिक सौन्दर्य, कृषि र वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP