२०८३ बैशाख १७
April 30, 2026, Thursday

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

कोशीपारी अनलाइन
माघ ६, काठमाण्डौं

ग्लोकल प्रालिको इकाइ ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण सम्पन्न भएको छ ।
कार्यक्रमको समापन अवसरमा सीप प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका पाँच जना व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड २०२६’ प्रदान गरिएको छ ।

प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ तथा १०० भन्दा बढी उत्साही युवाहरूको सहभागितामा सम्पन्न ‘स्किल विक २०२६’ युवाहरूलाई व्यवहारिक सीप, सिर्जनशीलता र भविष्यका अवसरहरूसँग जोड्ने उद्देश्यले आयोजना गरिएको थियो । ‘इन्फोटेनमेन्ट हप्ता’ का रूपमा मनाइएको यस संस्करणमा कार्यशाला, सीप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश थिए ।

जनवरी ११ देखि १६ सम्म सञ्चालन भएको कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार प्रमुख क्षेत्रलाई केन्द्रमा राखिएको थियो ।

यस क्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण तथा सांगीतिक कन्सर्टजस्ता गतिविधिहरू पनि आयोजना गरिएको थियो । विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूसँग आफ्नो अनुभव र ज्ञान साट्दै सीपको महत्त्वबारे प्रेरणा दिएका थिए ।

समापन समारोहमा प्रदान गरिएको ‘स्किल हिरो अवार्ड २०२६’ पाँच विधामा वितरण गरिएको हो । पर्यटन तथा आतिथ्य विधातर्फ मुम्बई र पेरिसको इकोल डुकासबाट पाककलामा विशेषज्ञता हासिल गरेका ऋषभ अग्रवाल सम्मानित भए । उनले काठमाडौँमा ‘सिल्क आर्टिसनल क्रिमरी’मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोड्दै नयाँ पहिचान स्थापित गरेका छन् ।

कला तथा संस्कृति विधातर्फ दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय किशोर कायस्थ सम्मानित भए । ‘मुस्ताङ नोस्टाल्जिया’ परियोजनामार्फत उनले नेपालको बदलिँदो भूगोल र जनजीवनलाई कलात्मक रूपमा दस्तावेजीकरण गरेका छन् । उद्यमशीलता विधातर्फ मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई सम्मान गरिएको छ। उनले ‘मक्कुसे’ नामक लक्जरी डेजर्ट ब्रान्डमार्फत परम्परागत नेपाली मिठाइलाई आधुनिक रूप दिँदै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सफल भएकी छन् ।

विज्ञान तथा प्रविधि विधातर्फ समीर फुयाँल सम्मानित भएका छन् । ग्लोकल टिन हिरो २०१९ का विजेता फुयाँलले ‘बाइटकेयर टेक्नोलोजी’ मार्फत ‘कारोबार एप’ विकास गरी साना व्यवसायीलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

यस्तै, प्रशिक्षुता विधातर्फ सोनाम नेम्वाङ लाई सम्मान प्रदान गरिएको छ। उनले डिजिटल सीप र सूचना प्रविधि क्षेत्रमा प्रशिक्षणमार्फत युवाहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउन योगदान पु¥याउँदै आएकी छन् ।

यसै क्रममा माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी तथा रोजगार मेला सञ्चालन भएका थिए । सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११ औँ संस्करण पनि सम्पन्न भएको थियो ।

‘टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ आयोजित उक्त सत्रमा पद्म ज्योति ग्रुपका सौरभ ज्योति, नियोटेरिक नेपालका संजय गोल्छा र दराज नेपालकी आँचल कुँवर सहभागी थिए । प्यानल छलफलमा भविष्यको बजारमा सीपको आवश्यकता र शिक्षा तथा उद्योगबीचको खाडल कसरी पुर्ने भन्ने विषयमा चर्चा गरिएको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP