कोशीपारी अनलाइन
माघ ५, काठमाण्डौं
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् ।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...