२०८३ बैशाख १०
April 23, 2026, Thursday

मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपाको केन्द्रीय बैठकमा सहभागी हुने

मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपाको केन्द्रीय बैठकमा सहभागी हुने

कोशीपारी अनलाइन
मााघ ४, काठमाण्डौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार उनले आजै मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिने र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने तयारी गरेको जनाइएको छ। रास्वपाको आज बस्ने केन्द्रीय समिति बैठकबाट उम्मेदवारहरूको नाम टुंगो लगाइने बताइएको छ।

सोही बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने र बालेन शाह आज जनकपुर जाने कार्यक्रमसमेत रहेको छ। बैठकले औपचारिक रूपमा उम्मेदवार टुंग्याएपछि बालेनको राजनीतिक यात्रा स्थानीय तहबाट केन्द्रीय राजनीतितर्फ प्रवेश गर्ने संकेतका रूपमा हेरिएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले कार्यकालभरि सुशासन, शहरी व्यवस्थापन र प्रशासनिक सुधारका विषयमा कडा अडान लिँदै आएका थिए। उनका काम र शैलीले राष्ट्रियस्तरमा चर्चा पाएको थियो।

मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा प्रवेश गर्ने उनको निर्णयले अब स्थानीय तहको नेतृत्वबाट केन्द्रको सत्ता संरचनासम्म प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि, स्वतन्त्र छविका रूपमा परिचित बालेन पार्टी राजनीतिमा गएपछि कति प्रभावकारी रहन्छन् भन्ने विषयमा विभिन्न कोणबाट बहस सुरु भएको छ।

राजीनामासम्बन्धी औपचारिक घोषणा र पार्टीको निर्णय सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP