कोशीपारी अनलाइन
माघ ३, काठमाण्डौं
काठमाडौं — नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको छ। पार्टीको बैठकले देउवाले लामो समयसम्म पार्टीको नेतृत्व सम्हाल्दै खेलेको भूमिकाको कदर गर्दै औपचारिक रूपमा आभार प्रकट गर्ने निर्णय गरेको हो।
बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता देवराज चालिसेले भने,
“शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो। उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठकले गरेको छ। उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ।”
पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले संगठनात्मक विषय र भावी कार्यदिशाका बारेमा समेत छलफल गरेको जनाइएको छ। कांग्रेसले नेतृत्व हस्तान्तरणलाई सम्मानजनक र संस्थागत बनाउने नीति अनुरूप यो निर्णय लिएको बताइएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...