२०८३ बैशाख १५
April 28, 2026, Tuesday

जापानका ८ प्रमुख सहरमा सोनाम ल्होछार २०२६ भव्य रूपमा मनाइँदै, टोकियोबाट जनवरी १८ मा सुरु

जापानका ८ प्रमुख सहरमा सोनाम ल्होछार २०२६ भव्य रूपमा मनाइँदै, टोकियोबाट जनवरी १८ मा सुरु

कोशीपारी अनलाइन संवाददाता
माघ ३, काठमाण्डौं

टोकियो (जापान) — एन.पी.ओ. होउजिन नेपाल तामाङ समाज, जापानको आयोजनामा “मञ्जुश्री संवत २८६२ ता (घोडा वर्ग) ल्हो सोनाम ल्होछार २०२६ बृहत् सांस्कृतिक कार्यक्रम” जापानको राजधानी टोकियोसहित देशका प्रमुख ८ सहरहरूमा भव्य रूपमा आयोजना हुँदैछ।

तामाङ समुदायले विशेष महत्वका साथ मनाउँदै आएको सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको यस सांस्कृतिक महोत्सवमा नेपालबाट आमन्त्रित बहुचर्चित सेलो गायक, रचनाकार तथा संगीतकार विश्व दोङ र चर्चित सेलो गायिका जितु लोप्चनको वेजोड सांगीतिक प्रस्तुति रहनेछ।

यसैगरी जापानलाई कर्मथलो बनाएका गायकहरू अनिल लामा, कर्म दोङ तामाङ र जनक थोकरसहित अन्य स्थानीय कलाकारहरूको गायन, नृत्य तथा विविध सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रममार्फत तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ।

आयोजक समितिका अनुसार कार्यक्रम भोलि जनवरी १८ तारिखमा टोकियोबाट सुरु भई आगामी जनवरी ३१ तारिखमा नागोया सहरमा सम्पन्न हुनेछ। सो सम्बन्धी जानकारी आयोजक समितिले कोशीपारी अनलाइनलाई दिएको हो।

कार्यक्रमको तालिका यस प्रकार रहेको छः

  1. जनवरी १८ — टोकियो (दिउँसो २ बजेदेखि ८ बजेसम्म)

  2. जनवरी १७ — कितो कान्तो

  3. जनवरी १९ — ओकिनावा

  4. जनवरी २० — क्युश्यु

  5. जनवरी २४ — सेन्दाई

  6. जनवरी २५ — शिजुओका

  7. जनवरी ३० — ओसाका

  8. जनवरी ३१ — नागोया

नेपाल तामाङ समाज, जापानले यस ऐतिहासिक सांस्कृतिक महोत्सवलाई भव्य र सफल बनाउन जापानबासी सम्पूर्ण ल्होछारप्रेमी नेपाली तथा तामाङ समुदायलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। साथै टोकियोसहित जापानका विभिन्न सहरहरूमा आयोजना हुने ल्होछार कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP