कोशीपारी अनलाइन
माघ २, काठमाण्डौं
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
उनले भने, ‘नेपालमा मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट, विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।’
यस्तै, बैठकले सहकारीमा भएको वेतिथि सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधिश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथि सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोम्मद सफि उल्लाहालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...