२०८३ बैशाख ९
April 22, 2026, Wednesday

मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

कोशीपारी अनलाइन
मंसिर २०, काठमाण्डौं

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए ।
मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको बताए ।
उनले नेपाली जनतामा रहेको वर्षौदेखिको पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकारलाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरु एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दुखका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरुलाई मुलुकमा रोक्न नसक्नेभएकाले अवको क्रान्ति कृषि क्रान्तिको लागि हुनु पर्ने बताए ।
त्यस्तै एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको धारणा राखे ।
नेता खनालले २०६२÷६३को जनआन्दोलनले पूजिवादी लोकतन्त्रको स्थापना गरेकोले वर्तमान व्यवस्थाबाट गरिव, सीमान्तकृत समुदाय झन उपेक्षित हुँदै गएको बताए ।
उनले पूजिवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपक्तिमा रहेको दावी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैब लडि रहने बताए ।
एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने उल्लेख गरे ।
उनले राष्ट्रका लागि पूजिवादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
व्याप्त भ्रष्टाचार र बेथितीका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सह संयोजक नेपालले जेनजीहरुको जायज मांगलाई यथाशिघ्र सम्बोधन नगरिए पुनः अर्को विद्रोह हुन सक्ने बताए ।
उनले जेनजीको भरोसाको केन्द्र नै नेकपा बनेको दावी गर्दै देशभरिका जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए ।
उनले जेनजी जस्तै युवा, वृद्ध र महिला सबैलाई नेकपाप्रति विश्वास गर्न आग्रह समेत गरे ।
एकता सभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता, कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP