२०८३ बैशाख १७
April 30, 2026, Thursday

टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने : काम चाँडै सकिन्छ

टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने : काम चाँडै सकिन्छ

कोशीपारी अनलाइन
मंसिर २०, काठमाण्डौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् ।
शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए ।
‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइरहेको छ,’ उनले भने ।
उनले रुख कटानीमा ढिलो भएको भन्दै ललितपुर महानगरपालिकामा परेको केही स्थानमा बिरोध भएका कारण पनि काम ढिलो भएको बताए ।
उनले भने, ‘काम दुईवटा कारणले ढिला भएको छ । एउटा रुख कटानीमा करिब डेढ÷दुई वर्ष लाग्यो । यसको केही हिस्सा ललितपुर महानगरपालिकापट्टि पर्छ । त्यो क्षेत्रमा केही स्थानीयहरुको बिरोध भइरहेकोले काम गर्न सकिएको छैन । त्यसले गर्दा काम ढिलाई भइरहेको छ ।’
उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए ।
निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता दिएको पनि उनले जानकारी दिए ।
एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएके समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP