कोशीपारी अनलाइन संवाददाता
मंसिर १८, काठमाण्डौं
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य र कर्मठ नेतृत्व चयन अब अनिवार्य भएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले धेरै समय ‘भाषणमा मात्र सक्षम र काममा कमजोर’ नेतृत्वको प्रयोग गर्दै आएको उल्लेख गर्दै अब त्यो संस्कार अन्त्य गर्न आवश्यक रहेको स्पष्ट धारणा राखे।
मन्त्री घिसिङले भने,
“राजनीतिमा परिवर्तन त आउँछ, तर त्यो परिवर्तनलाई परिणाममा बदल्ने नेतृत्व छानिएन भने देशले फड्को मार्न सक्दैन। हाम्रा–तिम्राका आधारमा मान्छे छानियो भने परिवर्तन असम्भव जस्तै हुन्छ। भाषण गर्न सक्ने मात्र व्यक्तिले विकासको एजेण्डा धान्न सक्दैन।”
उनले नेपालले वास्तविक समृद्धिको मार्ग समात्न दृष्टि भएको, जिम्मेवारी बोक्न सक्ने र परिणाम देखाउन सक्षमता भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
घिसिङका अनुसार, आजको चुनौती राजनीति होइन, प्रभावकारी कार्यान्वयन हो। उनले जोड दिए,
“देशको विकास योजनामा ठूला कुरा गर्नु मात्र होइन, ठूला काम देखाउनु जरुरी छ। जनता अब परिणाम चाहन्छन्—देखिने काम चाहन्छन्।”
कार्यक्रममा उपस्थित सहभागीहरूले पनि घिसिङको यो भनाइलाई देशको वर्तमान राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएको टिप्पणी गर्दै, योग्य नेतृत्वको चयन गर्न नागरिक स्तरमै सचेतना आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...