कोशीपारी अनलाइन
मंसिर १६, काठमाण्डौं
बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फर्च्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ ।
उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरूको समेत सहभागी हुनेछन्।
तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ ।
त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह हुनेछ, जहाँ हजारौं दीप र शान्तिको लागि प्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...