२०८३ बैशाख १५
April 28, 2026, Tuesday

स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

कोशीपारी अनलाइन संवाददाता
मंसिर १३, काठमाण्डौं

पर्सा । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।
पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन् ।
पाठकका अनुसार साह मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट रु.१००० दरका ७०० थान र रु.५०० दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइएपछि यस विषयमा अनुसन्धान चलाइएको हो । हुण्डी कारोबार गैरकानुनी भएकाले यसले राष्ट्र बैंकको नियमनअन्तर्गत कानुनी कारबाहीको दायरामा पर्छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP