२०८३ बैशाख १५
April 28, 2026, Tuesday

कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनर्स्थापनाको अभियान

कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनर्स्थापनाको अभियान

कोशीपारी अनलाइन, काठमाण्डौं
मंसिर १२, २०८२

विराटनगर । जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पुर्‍याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनर्स्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ ।
प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ ।
गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनर्स्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ । त्यसअन्तर्गत आज दुहबीमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीलगायतका सामग्री उपलब्ध गराइएको जनाइएको छ ।
कोशी प्रदेशका १३७ पालिकामध्ये ३७ पालिकामा जेन्जी आन्दोलनको प्रभाव परेको थियो । तीमध्ये ४०१ क्षतिग्रस्त वडामध्ये १५४ वडामा सेवा छिटो सुचारु गर्न सामग्री वितरण गरिएको हो ।
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारमा प्राप्त सहयोग रकमलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह कार्यालयहरूको पुनर्स्थापनाकै लागि प्राथमिकतामा प्रयोग गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP