कोशीपारी अनलाईन, काठमाण्डौं
मंसिर १०, २०८२
जनकपुर । मधेश प्रदेश सरकारको मंसिर ८ गत्ते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज आफंै पत्रकार सम्मेलन गर्दै बैठकको निर्णयहरु सार्वजनिक गरेका छन् ।
उनका अनुसार जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थानीय सरकारले गर्ने कार्यका अतिरिक्त मधेस प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने अतिथि स्वागत तथा व्यवस्थापकीय कार्यहरू गर्ने/गराउने सम्बन्धमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रिहरुलाई नै विभिन्न जिम्मेवारी दिई समिति गठन गर्ने निर्णय भएको छ ।
त्यस्तै, नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम प्रदेश भित्र रासायनिक मलको आपूर्ति र वितरणलाई पारदर्शी एवं नतिजामुखी बनाउन केही निर्णहरु गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए ।
मधेस प्रदेशका आठवटै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न कार्यविधिको दफा २५ र २६ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको ’जिल्ला मल वितरण व्यवस्थापन समिति’ र स्थानीय तहको समितिलाई सक्रिय बनाई सघन अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको मुख्यमन्त्री यादवे बताए ।
कार्यविधिमा तोकिएको समयसीमा (मधेश प्रदेशका हकमा १० दिन) भित्र मल नउठाउने वा वितरणमा ढिलासुस्ती र अनियमितता गर्ने सहकारी, फर्म वा विक्रेताको कोटा तत्काल कटौती गरी माग र आवश्यकता भएका अन्य स्थान वा विक्रेतालाई हस्तान्तरण गर्ने र त्यस्ता विक्रेतालाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
मधेस प्रदेशका उखु किसानले नेपाल सरकारबाट गत/विगत वर्षदेखि उखु प्रवर्धन खर्च बापत प्रति क्विन्टल रु ७० प्राप्त गर्दै आएकोमा आ.व. ०८१/०८२ देखि उक्त प्रवर्धन खर्च प्राप्त नभई किसान तथा उद्योगसमेत समस्यामा परेको हुँदा, उक्त बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन र आगामी वर्ष समेत उक्त अनुदान रकमलाई निरन्तरता दिन नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लाई अनुरोध गर्ने निर्णय भएको मुख्यमन्त्री यादवले बताए ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...