२०८३ बैशाख १५
April 28, 2026, Tuesday

सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

कोशीपारी अनलाईन, काठमाण्डौं
मंसिर १०, २०८२

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ।
घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।
प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेको थियो। टोलीले आगोले गम्भीर रूपमा जलेका घाइते उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्‍याएको थियो।
आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ः०० बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे ती पुरुषको मृत्यु भएको हो। प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत खोजी गर्दा भएको हो। मोबाईलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क भएको हो। मृतकका आफन्तहरू घटनास्थलतर्फ आईरहेका प्रहरी स्रोतले जनाएको छ।
उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने बिषय हालसम्म खुलेको छैन। अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP