कोशीपारी अनलाइन
मंसिर ३, २०८२
रौतहट । बारामा जेनजी युवाहरुको प्रदर्शनले स्थिति तनावपूर्ण बनेपछि जीतपुर सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।
युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेतलगायत आउने जानकारी पश्चात जेनजी युवाहरूले सिमरा चोकमा विरोध गरेका थिए। त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा नेकपा एमाले आवद्ध समूहबीच झडप भएको थियो ।
दुई समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास कफ्र्यु आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मंसिर ३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको उल्लेख गरेका छन ।
प्रशासनले जारी गरेको सूचनामा गण्डक नहरदेखि पथलैयासम्मको सडक–खण्ड दायाँ–बायाँ ५ सय मिटरभित्र र सिमरा विमानस्थलको परिसर आसपास ५ सय मिटरभित्र कफ्र्यू आदेश जारी भएको उल्लेख छ ।कफ्र्यु अवधिभर कुनै पनि किसिमका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । बुद्ध एयरको आजको सिमरा–काठमाडौं सम्पुर्ण उडान स्थगित गरेको छ ।
एयरलाइन्सले सुचना जारी गर्दै असहज परिस्थितिका कारण आजको सम्पुर्ण सिमरा उडान स्थगित भएको जनाएको हो। अहिले जीतपुर सिमरा क्षेत्रको स्थिति सामान्य बन्दै गएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...