२०८२ मंसिर २४
December 10, 2025, Wednesday

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

कोशीपारी अनलाइन संवाददाता
कात्तिक २८, काठमाण्डौं

नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् ।
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए ।
नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्याममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उदेश्यले विभिन्न सञ्चार माध्याममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ ।’
उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए ।
‘केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बद्नाम गराउने र मेरो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेका छन् । मेरो जीवन खुला किताबजस्तो हो । मेरो हरेक कुरा पारदर्शी र जवाफदेही छ । राज्यको चौंथो अंग रुपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्ति मार्फत भनेका छन् ।
खड्का ल्याण्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनााएर जग्गाको भाडासमेत नतिरेको विवाद उत्पन्न भएको थियो । त्यससँगै बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहायतामा खड्का ल्याण्डको संरचनामा डोजर चलाएको थियो।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०८२ कार्तिक २८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ कार्तिक २८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०८२ कार्तिक २८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP