२०८३ बैशाख १७
April 30, 2026, Thursday

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापना : कमल चौलागाईँ

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापना : कमल चौलागाईँ

कोशीपारी अनलाइन
कात्तिक २७, काठमाण्डौं

रामेछाप । नेकपा एमाले पोलिटब्यरो सदस्य कमल चौलागाईँले राष्ट्रवादी शक्ति र राष्ट्रवादी नेता माथिका आक्रमणको परिणाम राष्ट्रघाती र जनविरोधी नै आउने बताएका छन् ।
नेकपा एमाले रामेछापले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा गर्न लागेको जनप्रदर्शको तयारी लागि बुधबार मन्थलीमा आयोजना गरेको बैठकमा बोल्दै चौलागाईँले भदौ २३ र २४ को घटनाको परिणाम पनि त्यही आएको बताए । भदौ २३ र २४ को घटनालाई उनले बाह्य शक्तिको आक्रमण भने । राष्ट्र विरोधी शक्तिले भदौ २३ र २४ को घटनामा राष्ट्रवादी शक्तिलाई आक्रमण गरेको कारण अहिलेको परिणाम पनि त्यस्तै निस्किएको उनको धारणा छ ।
भदौ २३ र २४ को घटनाको पर्दा अहिले खुल्दै गएको उनले बताए । भदौ २३ र २४ को घटना सुरक्षा निकायले हात उठाएको तथा राष्ट्र नै विघटनको प्रयास भएको उनको भनाइ छ ।
देश र व्यवस्था संकटमा पर्दा नेकपा एमाले सतिसालजस्तै उभिएको उनले दाबी गरे । अरू पार्टीको नेतृत्व डराएर भागेको बेलामा हाम्रो नेतृत्व अडानका साथ उभियो, अहिलेको चुनौती षडयन्त्रमूलक हो, राष्ट्रको अस्तित्व सङ्कटमा छ, त्यसका विरुद्ध हाम्रा पार्टी अध्यक्ष दृढतापूर्वक उभिनु भएको छ, खुट्टा कमाएर पुच्छर लुकाएर भाग्नु हुन्न भनेर हाम्रो नेतृत्वले प्रष्ट भनेको छ’, उनले भने ।
संसद् स्थापनाबाट नै अहिलेको सङ्कट समाधान गर्न सकिन्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको उनले बताए । ‘संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापना गरेर नै जाने हो’, उनले भने ।
हिजो कसैले बोल्न आँट नगरेको बेलामा पनि एमालेले संसद् पुनस्र्थापनाको मुद्दा उठाएको बताउँदै उनले आज कांग्रेसले पनि सांसद पुनस्र्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेको उनले जनाकारी दिए । यस मानेमा एमालेका नेता कार्यकर्ताले गर्व गर्नुपर्ने उनको धारणा छ ।
अहिलेको अवस्थामा चुनाव हुन नसक्ने उनले बताए । ‘चुनाव त हुनै सक्दैन, पुलिस चौकीमा बस्न सकेको छैन, प्रहरी साँझ पर्ने बित्तिकै ब्यारेक बस्छ, सेनाले हात उठाएर मूकदर्शक बन्यो, सुरक्षा अङ्गले सुरक्षा दिन सक्दैन यस्तो अवस्थामा कसरी चुनाव हुन सक्छ ?’, उनले प्रश्न गरे ।
प्रतिनिधि सभा पुनस्र्थापना गर्नुहुँदैन भन्ने कुरा न्यायाधीशले भन्ने नसक्ने उनले बताए । तर उनीहरूलाई पनि धम्की दिइएको उनले जानकारी दिए । त्यसको लागि जनदबाब सिर्जना गर्न नेकपा एमालेले दबाब सिर्जना गर्नुपर्ने उनको धारणा छ ।
देश, जनता र समुदायको सुरक्षाको लागि अब राजनीतिक दलले नै सोच्ने बेला आएको उनले बताए । त्यसैले एमालेले अब टोल टोलमा सुरक्षा दस्ता बनाउने निर्णय गरेको चौलागाईँले जानकारी दिए ।
नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला, पालिका र वडाका उपलब्ध नेताहरूको समेत सहभागिता रहेको थियो । उनीहरूले पार्टीको अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिएका पार्टी प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।
बैठकले कात्तिक २९ को कार्यक्रमलाई प्रभाकारी बनाउने विभिन्न समिति र उपसमितिहरू समेत बनाएर काम अघि बढाएको पार्टी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP