२०८२ फाल्गुन ४
February 16, 2026, Monday

वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

कोशीपारी अनलाइन
कात्तिक २६, काठमाण्डौं

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए ।
ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले बताए, “धर्मेन्द्रलाई आज बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका परिवारले अहिले घरमै उनको हेरचाह गरिरहेका छन् । उहाँको उपचार, व्यवस्थापन र स्वास्थ्य सुधार जारी रहोस् भनेर प्रार्थना गर्नुहोस ्।”
सनी देओलको टोलीको आधिकारिक विवरणमा भनिएको छ कि धर्मेन्द्रले घरमै डाक्टरको निगरानीमा उपचार र विश्राम गर्नेछन् । टोलीले सञ्चारमाध्यम र जनतालाई उनकी र परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ ।
धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठीक हुनुहुन्छ ।”
सोमबार उनको घर जुहु, मुम्बईमा एम्बुलेन्स प्रवेश गरेको देखिएको थियो । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि सलमान खान, गोविन्दा, अमीषा पटेल लगायतका बलिउड कलाकारहरू अस्पताल पुगेका थिए । धर्मेन्द्रका परिवारका सदस्यहरू, जसमा सनी देओल, बोबी देओल, उनका नातिनी÷नातिनाहरु करन देओल र राजवीर देओल, पत्नी हेमा मालिनी लगायत अन्य सदस्यहरू पनि उपस्थित थिए ।
मंगलबार, आमिर खान आफ्नी प्रेमिका गौरी स्प्राटसहित अस्पताल पुगेका थिए । कामको कुरा गर्दा, धर्मेन्द्र आगामी फिल्म ‘इक्कीस’ मा देखिने तयारीमा छन् । यो फिल्म श्रीराम राघवनले निर्देशन गर्नेछन् र अग्रगामी भूमिकामा अगस्त्य नन्दा रहनेछन्। चलचित्र २५ डिसेम्बरमा प्रदर्शन हुने तय भएको छ ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP