२०८३ बैशाख ९
April 22, 2026, Wednesday

नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

कोशीपारी अनलाइन
कात्तिक २६, काठमाण्डौं

मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् ।
उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘एक जनाको सत्ता स्वार्थ, अहंकार विरोधी राजनीतिक दलसँग मिलेर भए पनि सत्ता लिप्सामा पुगेर ढलेको त्यो नेकपाको इतिहासलाई म स्मरण गरिरहेको छु । आज फेरि नेपाली कम्युनिष्ट पार्टीलाई अगाडि बढाएर चाहे जनयुद्धको मोर्चामा होस्, चाहे जनआन्दोलनको मोर्चामा होस्, कोडिनेस केन्द्रदेखि नयाँ सङ्कल्पसहित यहाँ उभिँदा विगतलाई बिर्सिएको छु ।’
नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उभिँदा त्यो बेलाको विशाल दुःख र भारी मनलाई बिर्सेको उनले सुनाए ।
विगतमा जे सुकै गरेको भए पनि, पाइलाका डोबहरु जस्तोसुकै हिलोमा हामीले टेके पनि ,जस्तोसुकै काँडाले घोचे पनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो सम्भयताको इतिहासलाई जोगाउन नेतृत्व गर्ने उनको विश्वास छ ।
उनले भने,‘नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उभिँदा त्यो बेला विशाल दुःख र भारी मनलाई बिर्सेको छु । मलाई लाग्छ सबै भन्दा पहिले हामीले यो देशको स्वाधिन्तालाई बलियो बनाउने यो पार्टी बनाऊ । मलाई विश्वास छ । विगतमा हामीले जे सुकै गरेको भए पनि हाम्रा पाइलाका डोबहरु जस्तोसुकै हिलोमा हामीले टेके पनि ,जस्तोसुकै काँडाले घोचे पनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो सम्भयताको इतिहासलाई जोगाउन नेतृत्व गर्ने छ । हामी एकतावद्ध भएर अगाडि बढ्नेछौं ।’
उनले विगतका कमीकमजोरीबारे नेतृत्वपंक्तिलाई सोच्न पनि आग्रह गरे । देशको स्वाधीनतालाई बलियो बनाउन पार्टी लाग्नुपर्ने बताए ।
घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
राष्ट्रिय सभागृहमा भएको सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गरेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP