२०८३ बैशाख १७
April 30, 2026, Thursday

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

कोशीपारी अनलाइन
कात्तिक २६, काठमाण्डौं

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’
त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगती र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि छलफल भएको बताए ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नको लागि सबैको सहयोग प्राप्त हुने कुरा राखेको उनले जानकारी दिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP