कोशीपारी अनलाइन
कात्तिक २४, काठमाण्डौं
सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको दाबी गरेका छन् ।
सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहमा बोल्दै उनले देश परिर्वतन हुनुमा चलचित्रकर्मीको हात रहेको भन्दै परिर्वतन वा सचेतनाको यो युगसम्म आइपुग्न सफल भएको बताए ।
त्यस्तै उनले नेपाली समाजमार्फत रुपान्तरणको लागि नेपाली चलचित्र क्षेत्रले गरेको योगदान मुलुकले भुल्दैन, भुल्न मिल्दैन र कहिले पनि नभुल्ने बाचा गरे ।
उनले पहिला पहिला चलचित्रकर्मीहरुले गाँउघर भित्रकै कथा देखाउने गरेतापनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यर्थात कुराहरु बाहिर ल्याउने गरेको बताएका हुन् । उनले ‘परान’ र ‘पूर्ण बहादुरको सारंगी’ नामक चलचित्रको उदाहरण दिँदै समाजमा यी चलचित्रले धेरै कुरा सिक्न सक्ने बताए ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रपनि अत्यन्तै लाभदायी हुने र इतिहासमा सम्झन लायक मन्त्री हुनेगरी मन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्दै बोर्डको तर्फबाट पनि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘चलचित्र क्षेत्रपनि अत्यन्तै लाभदायी हुने र इतिहास बन्ने र इतिहासमा सम्झन लायक मन्त्री ज्यूको रुपमा र उहाँको पछि लागेर उहाँलाई क्रेडिट जाँदा बोर्डले पनि क्रेडिट पाउने लोभ राख्नै काम गर्ने म पनि प्रतिबद्धता जनाउने छु ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...