कोशीपारी अनलाइन संवाददाता
कात्तिक २२, काठमाण्डौं
रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ ।
काठमाडौँको के.एम.सी. अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्यस्टीका लागी गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।
उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली काग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।
उनको निधनको खबर संगै गाउँमा शुभचिन्तकहरुको भिड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ । उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिने पारिवारिक स्रोतले बताएको छ।आलमका दुई छोरा र एक छोरी छन् ।
जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...