२०८३ बैशाख १५
April 28, 2026, Tuesday

रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ११,काठमाण्डौं

रामेछाप ।  रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१–०१–००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो।
बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने बाँकी ६ जना यात्रु सकुशल भएकाले आफ्नो  गन्तव्यतर्फ गएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक झापा मेचिनगर नगरपालिका–६ का ३९ वर्षीय राजु भुजेल टाउकोमा चोट लागेको छ। अन्य घाइतेहरूमा रामेछाप मन्थली नगरपालिका–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल–४ का २० वर्षीय रविलाल गनेस, ठाडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल–४ की २१ वर्षीया परिना गनेस छन्।
त्यसैगरी बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन कार्की, दोलखाको बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीका ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ की २८ वर्षीया कुमार बस्याल, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा नौ वर्षीय रिदम श्रेष्ठ, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया सितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अविषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु पनि घाइते छन्।
दुर्घटनापछि सडक अवरुद्ध नभएको र बस हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ११

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP