२०८२ फाल्गुन १
February 13, 2026, Friday

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

कोशीपारी अनलाइन
कात्तिक १०, काठमाण्डौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ ।
नेपालको तर्फबाट सहभागिता जनाउँदै मन्त्री घिसिङले सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।
सन् २०१५ को नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको उद्देश्य सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग विस्तारका साझा चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नु हो । यस पहलमार्फत सन् २०३० सम्ममा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र सौर्य प्रविधिको विकास–उपयोगमा मार्गनिर्देशन गर्ने लक्ष्य राखिएको छ ।
नेपाल २०८१ साल भदौ महिनामा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि १०१ औं सदस्य राष्ट्रका रूपमा आइएसएमा औपचारिक रूपमा आवद्ध भएको थियो । मन्त्री घिसिङले सभामा सहभागिता पश्चात् बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Related News

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी...

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...

TOP