२०८३ बैशाख १५
April 28, 2026, Tuesday

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

कोशीपारी अनलाइन संवाददाता
कात्तिक १०, काठमाण्डौं

नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ ।
जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टि–ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आइतबार अत्यन्त कमजोर प्रदर्शन गर्यो ।
जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।
नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा रुसिल उगार्करको बलमा ओपनर कुशल दोस्रो बलमै कट बिहाइन्ड भए ।
६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए । उनी २९ रन जोडेर पबिलियन फर्किए । कमजोर सुरूवात गरेको नेपालले ६९ रनमा नै अर्को विकेट गुमायो । आसिफ शेख ३७ रनमा हर्मितको बलमा आउट भए ।
नेपालले कुनै पनि समय साझेदारी बनाउन सकेन । कप्तान रोहित पौडेल मात्र २ रनमा शुभम रान्जानेको बलमा आउट भए । यसपछि आरिफ शेख २० रनमा र गुलशन झा ३ रनमा पबिलियन फर्किए ।
करण केसी २ रनमा र सन्दीप लामिछाने सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए । अन्तिम विकेटको रूपमा दिपेन्द्र आउट भए । नेपालको लागि सर्वाधिक ४० रन उनले नै जोडे ।
लिग –२ मा संघर्ष गरिरहेको नेपाल १२ अंक सहित अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका ३० अंक सहित नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । नेपालले अब बिहीबार युएईसँग खेल्नेछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP