२०८२ फाल्गुन ४
February 16, 2026, Monday

विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

कोशीपारी अनलाइन
कात्तिक ९, काठमाण्डौं

आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।
अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।
यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ रनमै २ विकेट गुमाएपछि अमेरिकालाई संकट देखिएको थियो । तर स्मित पटेल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे । यी दुई ब्याट्सम्यान क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।
तर ३३ औं ओभरमा स्मित रनआउट हुनासाथ र ३५औं ओभरमा साइतेजा आउट भएपछि अमेरिका केही दबाबमा परेको थियो । यद्यपि अन्तिम समयमा मिलिन्द कुमारको आक्रामक ब्याटिङका कारण अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन थप्दै स्कोर प्रतिस्पर्धात्मक बनाएको थियो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पार्न सफल भए । अब नेपालले लक्ष्य पछ्याउँदै जितका लागि मैदानमा उत्रनेछ ।
खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP