२०८३ बैशाख १५
April 28, 2026, Tuesday

नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक

नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक

कोशीपारी अनलाइन
कात्तिक ९, काठमाण्डौं

किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ ।
लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार सार्वजनिक गरिएको छ । चौलागाईकै शब्द र संगित रहेको ए मेरो परानमा कुमार सानु पुनले मिक्स र मास्टरिङ गरेका छन् भने बिष्नु तामाङले संगीतिक व्यवस्थापन गरेका छन् ।
दीपेन्द्र सोनाम र सरस्वती तामाङको उत्कृष्ट प्रस्तुती रहेको छ उक्त गीतको भिडियो निरन श्रेष्ठले निर्देशन गरेका हुन् भने सुनिल भण्डारी र उनको टिमले भिडियोको छायांकन गरेका हुन् । नितिन वाइवाको कोरियोग्राफी गरेका यो गीतको भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि गरेको छ । यो समाचार तयार पार्दासम्म एक हजार तीन सय जनाले यो गितको भिडियो हेरेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP