२०८३ बैशाख ९
April 22, 2026, Wednesday

हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो

हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो

कोशीपारी अनलाइन
कात्तिक ८, काठमाण्डौं

हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तट रंगीन र झिलिमिली बत्तीले सजिएको छ ।
संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार राप्ती नदी किनारमा व्रतालुहरू बस्न मिल्ने गरी टेन्ट निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । साथै, पूजास्थल वरपरको सरसफाइ र सिँगारी–सजावटको काम पनि सकिँदै गएको छ ।
हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म रंगीन बत्ती, स्वागत गेट र सहायक गेटहरू निर्माण गरिएको समितिले जनाएको छ । तराईमा मात्र सीमित यस पर्व अहिले पहाडी क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ ।
मकवानपुरमा छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको र यसले मधेशी तथा पहाडी समुदायबीचको सद्भाव अझ प्रगाढ बनाएको आयोजकहरूको भनाइ छ ।
यस वर्ष हेटौँडाको राप्तीतटमा करिब ६२ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लामो ३५ वटा पण्डाल निर्माण भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए ।
छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको तयारी पनि सुरु गरिसकेका छन् । छठको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखु, बाँस र माटोका सामग्री किनमेल भइरहेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले बताइन् ।
यस वर्ष कात्तिक ८ गतेदेखि छठ पर्वको विधिवत् आरम्भ हुने छ । पहिलो दिन व्रतालुहरू ‘नहाय–खाय’ विधिद्वारा छठ सुरु गर्छन् । दोस्रो दिन खरना पूजा गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी व्रत समापन गरिन्छ ।
छठ पूजा समारोह २०८२ का संयोजक रविरंजन कुमार कलवारका अनुसार पारिवारिक सुख, शान्ति, रोगमुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धा र विश्वासका साथ छठ पर्व मनाइन्छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP