कोशीपारी अनलाइन
कात्तिक ८, काठमाण्डौं
छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।
उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ । ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ ।’ पाण्डेले भने ।
यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू :-
१. कमल पोखरी ।
२. गौरीघाट ।
३. बोक्सी दह ।
४. बागमती दोभान ।
५. टंकेश्वर ।
६. बल्खु कुमारी क्लब ।
७. कुलेश्वर भलिबल ग्राउण्ड ।
८. रामघाट ।
साथै प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...