२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

कोशीपारी अनलाइन
कात्तिक ८, काठमाण्डौं

छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।
उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ । ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ ।’ पाण्डेले भने ।
यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू :-
१. कमल पोखरी ।
२. गौरीघाट ।
३. बोक्सी दह ।
४. बागमती दोभान ।
५. टंकेश्वर ।
६. बल्खु कुमारी क्लब ।
७. कुलेश्वर भलिबल ग्राउण्ड ।
८. रामघाट ।
साथै प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ कार्तिक ८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP