२०८२ कार्तिक २८
November 14, 2025, Friday

छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा

छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ७, काठमाण्डौं

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन ।
मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो ।जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेतासंग विश्वासको मत र मधेश प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई ( समिर) ले बताए । उनका अनुसार चाडपर्वका कारण मुख्यमन्त्री सोनललाई तत्काल विश्वासको मत लिने अवस्था नरहेको हो । हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको उनको जिकिर छ ।
उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन् । नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् र सरकार बनाउन ५४ मत आवश्यक पर्छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP