कोशीपारी अनलाइन
कात्तिक ७, काठमाण्डौं
साईप्रस । तामाङ समुदायको गौरवमय संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा साईप्रसले आफ्नो नवौ वार्षिकोत्सव समारोह भव्य रुपमा मनाउने तयारी गरेको छ ।
“तामाङ जातिको उत्थान , भाषा, धर्म, र संस्कृतिको सम्बद्र्धन” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापना भउको यस संस्थाले स्थापना दिवासलाई ऐतिहासिक उत्सवका रुपमा मनाउन लागेको हो ।
आयोजकका अनुसार कार्यक्रम आउँदोे २०२५ अक्टोबर २६ आईतबार बिहान १०ः०० बजे देखि सुरु हुनेछ । उक्त समारोह Kabab & Curry Restaurant साईप्रस मा आयोजना गरिनेछ । यस नवौ वार्षिकोत्सव कार्यक्रममा रहेका तामाङ समुदायको दाजुभाइ दिदीबहिनी, शुभेच्छुक, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आदरणीय व्यक्तित्वहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
संस्थाले जारी गरेको सूचनामा भनिएको छ :-
“हाम्रो गौरवमय यात्राको नौ बर्ष पूरा भएको यो अवसरमा सम्पूर्ण समुदायको एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणमा थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौ । यस अवसरमा सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।”
नेपाल तामाङ घेदुङ साईप्रसले विगतका वर्षदेखि नै निरन्तर रुममा तामाङ समुदायको भाषा, संस्कृति, धर्म र पहिचानको सम्बद्र्धनका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...