२०८३ बैशाख १५
April 28, 2026, Tuesday

नेपाल तामाङ घेदुङ साइप्रस (प्रवास शाखा) ले नवौं बार्षिक उत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै

नेपाल तामाङ घेदुङ साइप्रस (प्रवास शाखा) ले नवौं बार्षिक उत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै

कोशीपारी अनलाइन
कात्तिक ७, काठमाण्डौं

साईप्रस ।  तामाङ समुदायको गौरवमय संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा साईप्रसले आफ्नो नवौ वार्षिकोत्सव समारोह भव्य रुपमा मनाउने तयारी गरेको छ ।
“तामाङ जातिको उत्थान , भाषा, धर्म, र संस्कृतिको सम्बद्र्धन” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापना भउको यस संस्थाले स्थापना दिवासलाई ऐतिहासिक उत्सवका रुपमा मनाउन लागेको हो ।
आयोजकका अनुसार कार्यक्रम आउँदोे २०२५ अक्टोबर २६ आईतबार बिहान १०ः०० बजे देखि सुरु हुनेछ । उक्त समारोह Kabab & Curry Restaurant साईप्रस मा आयोजना गरिनेछ । यस नवौ वार्षिकोत्सव कार्यक्रममा रहेका तामाङ समुदायको दाजुभाइ दिदीबहिनी, शुभेच्छुक, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आदरणीय व्यक्तित्वहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
संस्थाले जारी गरेको सूचनामा भनिएको छ :-
“हाम्रो गौरवमय यात्राको नौ बर्ष पूरा भएको यो अवसरमा सम्पूर्ण समुदायको एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणमा थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौ । यस अवसरमा सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।”
नेपाल तामाङ घेदुङ साईप्रसले विगतका वर्षदेखि नै निरन्तर रुममा तामाङ समुदायको भाषा, संस्कृति, धर्म र पहिचानको सम्बद्र्धनका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP