२०८२ कार्तिक २३
November 9, 2025, Sunday

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

कोशीपारी अनलाइन
कात्तिक ७, काठमाण्डौं

रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो ।
उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ । आगलागीको कारण अहिले सम्म खुल्न नसकेको र यसबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जानकारी दिएको छ । आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP