कोशीपारी अनलाइन
कात्तिक ७, काठमाण्डौं
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ ।
इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका– ९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...