२०८३ बैशाख ५
April 18, 2026, Saturday

सर्लाहीमा प्रहरीको कडाइ : तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

सर्लाहीमा प्रहरीको कडाइ : तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ७, काठमाण्डौं

सर्लाही । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ ।
प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन् ।
एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ । अवैध रूपमा वारपार हुने सामान र लागूऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निरन्तर कारबाही भइरहेको छ । प्रहरीले हालसम्म दर्जनौँ तस्करलाई नियन्त्रणमा लिएर अवैध सामानसहित भन्सारमा बुझाइसकेको छ ।
‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले बताएका छन् । उनका अनुसार सानो मात्रामा पनि अवैध कारोबारमा संलग्न पाइएकाहरूमाथि कठोर कानुनी कारबाही गरिनेछ ।
गत केही हप्तामा मात्रै सर्लाही प्रहरीले लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न गरी दुई दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ ।
एसपी खड्काका अनुसार प्रहरीले लागूऔषध सेवनकर्तालाई काउन्सिलिङमार्फत सुधार्ने, ओसारपसारको सञ्जाल भत्काउने र अवैध कारोबार नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ ।
सर्लाही भारतसँग जोडिएको सीमा जिल्ला भएकाले भन्सार राजस्व वृद्धिसँगै सीमा अपराध नियन्त्रण पनि प्रहरीको प्रमुख दायित्व रहेको उनले बताएका छन् । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रण हाम्रो प्राथमिकता हो । साथै तस्करी नियन्त्रण गरेर राज्यको राजस्व वृद्धि गर्नु पनि प्रहरीको जिम्मेवारी बनेको छ,’ उनले भने ।
उनका अनुसार तस्करी र लागूऔषध कारोबारले समाजमा अन्य अपराधहरू बढाउने भएकाले प्रहरी अहिले यी सबै गतिविधि नियन्त्रण गर्न सर्वसाधारणसँग सहकार्य गर्दै अघि बढिरहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP