कोशीपारी अनलाइन
कात्तिक ५, काठमाण्डौं
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै सामना गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् ।
ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन् ।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली – हाम्रो शक्ति हो । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...