कोशीपारी अनलाइन संवाददाता
कात्तिक ४, काठमाण्डौं
नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।
आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन ।
उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए ।
तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत सम्बोधन गरे पनि कार्यक्रममा फुल मालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा पार्टी कार्यवाहक सभापती पुर्ण बहादुर खड्का, पदाधिकारी एवं केन्द्रीय सदस्यज्युहरु लगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमिती , पार्टी प्रदेश, गाउँ /नगर पालिका प्रमुख, उपप्रमुख, निर्वाचित जनप्रतिनिधी, दलको केन्द्रीय सदस्यहरुको उपस्थिती रहने दलको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिए ।
अन्य राजनितिक दलको भातृ सङठनको प्रमुखहरुलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि त्यही अनुसार गर्ने कुरा मुख्य सचिब ठान प्रसाद पोखरेलले बताएका छन ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...