२०८३ बैशाख १०
April 23, 2026, Thursday

मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण

मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण

कोशीपारी अनलाइन
कात्तिक २, काठमाण्डौं

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठो माया सुनुवारका लागि बनाइएको घर शुक्रबार एक विशेष समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
उक्त घर पूर्णरूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट तयार पारिएको छ । निर्माण समितिका अनुसार घरको अनुमानित लागत रु. ४ लाख ६५ हजार रहेको छ । घरमा आवश्यक आधारभूत सुविधा जस्तै पानी, बिजुली, र सुरक्षित बासको व्यवस्था गरिएको छ ।
घर निर्माण समितिका सदस्य राजकुमार श्रेष्ठले मुख्यमन्त्री बानियाँले निर्माण प्रक्रियामा निरन्तर चासो राखेको जनाए ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै भने, ‘मुख्यमन्त्री बानियाले आफ्नो सेवा र सुविधाबाट विपन्न परिवारलाई घर निर्माणमा सहयोग गरेर मानवीय उदाहरण प्रस्तुत गर्नुभएको छ । यसले हामी सबै जनप्रतिनिधिलाई पनि प्रेरणा दिएको छ ।’
घर हस्तान्तरणपछि मुख्यमन्त्री इन्द्रकुमार बानियाले यस्तो जनसेवामुखी अभियानलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आज मिठो माया सुनुवारको घर हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भइरहेको छ । बागमती प्रदेशमा ५,००० विपन्न र घरविहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’
मुख्यमन्त्रीले थपे, ‘मनहरी गाउँपालिकाले सिफारिस गरेको यो परिवार साँच्चिकै विपन्न र अप्ठ्यारो अवस्थाको कारण सहयोगका लागि योग्य थियो । सबै विवरण पारदर्शी रूपमा राखिएको छ ताकि कुनै विवाद नहोस् ।’
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, निर्माण समिति, स्थानीय बासिन्दा र प्रदेश सरकारका अधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले मुख्यमन्त्रीको यो प्रयासलाई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उदाहरणीय कदमभनेर स्वागत गरे।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताको साना–ठूला समस्या समाधानमा सरकार सधैं प्रतिवद्ध रहने बताएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP