२०८२ कार्तिक २८
November 14, 2025, Friday

मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छ : गुरु घिमिरे

मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छ : गुरु घिमिरे

कोशीपारी अनलाइन संवाददाता
कात्तिक २, काठमाण्डौं

नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् ।
विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने नेतृत्व बदल्नैपर्ने बताए ।
उनले विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा नरहेको बताए । विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकाले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए ।
उनले अहिले केन्द्रिय कार्य समितिले नै सबै काम राम्ररी गर्छ भन्ने अन्तिम विश्वास बाँकी रहेको पनि बताए ।
उनले भने ‘केन्द्रिय कार्यसमितिको कार्यकाल तोकिएको छ । तर महाधिवेशन प्रतिनिधिहरुको कार्यकाल कतै तोकिएको आजसम्म देखिएको छैन् । आवश्यकता अनुसार सबै परिवर्तन हुन्छ । अब हाम्रो कार्यक्रमहरु कार्यसमितिको भूमिकामा निर्वाह गर्छ । हामीले यो प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा छैन । केन्द्रिय कार्य समितिले नै सबै काम राम्ररी गर्छ भन्ने अन्तिम विश्वास बाँकी छ ।’
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गरेका प्रतिनिधिहरूले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई ५ बुँदे ध्यानाकर्षण पत्र समेत बुझएका छन् ।
१) पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।
२) पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानक स्वरुप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटनाहरु भएको पृष्ठभूमि हाम्रो सामु छ। तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ।
३) आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नीति र नेतृत्व चयन गरि आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरि विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को बिकल्प छैन। तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छौ ।
४) विगतका निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन मार्फत पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ। त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरि नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।
५) केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरुले आफ्ना धारणा राख्ख आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौं। अतः विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रुपमा ग्रहण गरि कार्यान्वयन तर्फ अघि वढ्न आग्रह गर्दछौं ।
केन्द्रीय समितिले पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसक्यो : मनोजमणि आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए ।
विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए ।
उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए ।
आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पार्दै उनले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकोमा जोड दिए।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP