२०८३ बैशाख १८
May 1, 2026, Friday

राहुल गान्धीको प्रहार “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन”

राहुल गान्धीको प्रहार “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन”

कोशीपारी अनलाइन संवाददाता
असोज ३०, काठमाण्डौं

लोकसभा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग “डराउने” गरेको आरोप लगाएका छन् । ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पणीहरूलाई अस्वीकार गर्दै मोदीमाथि तीव्र प्रहार गरेका हुन् ।
राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन” लेख्दै हालका केही घटनाहरू सूचीबद्ध गरेका छन् । उनका अनुसार, प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारतले रुसबाट तेल नकिन्ने घोषणा गर्न अनुमति दिए, पटक–पटक अस्वीकृति पाउँदा पनि उनलाई बधाई सन्देश पठाए । अर्थमन्त्रीको अमेरिकाको भ्रमण रद्द गरे, शर्म एल–शेख सम्मेलनमा सहभागी हुन चुके र ‘अपरेसन सिन्दुर’बारे ट्रम्पको दाबीमा मौन रहे ।
कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले पनि प्रधानमन्त्री मोदीको मौनतालाई प्रश्न गर्दै आरोप लगाए कि मोदीले अमेरिकालाई प्रमुख निर्णयहरू आउटसोर्स गरेका छन् । उनले स्मरण गरे कि गत मे १०, २०२५ मा साँझ ५ः३७ बजे अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले ‘अपरेसन सिन्दुर’ रोकिएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले पाँच देशमा ५१ पटकसम्म आफूले भारत–पाकिस्तानबीचको युद्धविराम गराएको दाबी गरेका छन तर प्रधानमन्त्री मोदी मौन रहेका छन् ।
ट्रम्पले बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेलसँग संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,“प्रधानमन्त्री मोदीले मलाई आश्वासन दिएका छन् कि भारत अब रुसबाट तेल किन्नदैन । यो ठूलो कदम हो, अब चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ।” उनले भारतको अघिल्लो तेल आयात नीतिप्रति असन्तुष्टि जनाउँदै भने, “रुसबाट तेल किन्ने कार्यले रुसलाई युद्ध जारी राख्न सहयोग पुर्‍यायो, जहाँ करिब १५ लाख सैनिकहरू मारिएका छन् ।”
भारतले यसअघि रुसबाट तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि आवश्यक भन्दै बचाउ गरेको थियो । तर ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै रुससँगको भारतको तेल व्यापारलाई अमेरिकी सुरक्षाका लागि “असामान्य र असाधारण खतरा” भनेको थियो । यसैबीच भारतले स्पष्ट पारेको छ कि ‘अपरेसन सिन्दुर’ वा भारत–पाकिस्तान युद्धविराम दुवै देशका सैन्य अधिकारीहरू बीचको सहमति थियो र त्यसमा कुनै तेस्रो देशको संलग्नता थिएन ।
एएनआई

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP