२०८३ बैशाख १५
April 28, 2026, Tuesday

चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

कोशीपारी अनलाइन संवाददाता
असोज २८, काठमाण्डौं

आगामी मंसिर ५ गतेबाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ ।
हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै रहेको छ ।
प्रेम भावको उक्त गीतको भिडियोलाई पुर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यसअघि एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा त्यागमुर्ति फरक अवतारमा थिए । अर्थात उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । अहिले सार्वजनिक गीतमा उनी पुरुषकै भूमिकामा छन् ।
त्यागमूर्ति फिल्मका मुख्य कलाकार समेत हुन् । उनले फिल्ममा अहिलेसम्मकै फरक कथालाई प्रस्तुत गरेको जानकारी गराएका छन् । हालैको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘अहिलेसम्म नेपाली फिल्मको इतिहासमै चिरागमा तेस्रोलिंगीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । हामीले हेर्दै आएका फिल्ममा प्राय तेस्रोलिंगी समुदायका ब्यक्तिहरुलाई सानो भूमिका, कतै नेगेटिभ पनि देखाइएको हुन्छ । तर चिराग हेर्नुभयो भने निकै फरक पाउनुहुनेछ ।’

फिल्ममा आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ ।
यस्तै फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पार्श्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।
राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । फिल्ममा श्रृङ्गार डिके हमालको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP