२०८२ फाल्गुन २५
March 9, 2026, Monday

देशमा निर्वाचनको वातावरण नै बनेको छैन् : सभापति देउवा

देशमा निर्वाचनको वातावरण नै बनेको छैन् : सभापति देउवा

कोशीपारी अनलाइन संवाददाता
असोज २८, काठमाण्डौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बन्न नसकेको बताएका छन् ।
मंगलवार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे । उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताएका हुन् ।
‘नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका सुरक्षा निकाय शान्ति सुरक्षाको घेराबन्दीमा छैन, सुरक्षा निकाय मौन र निरीह भएका छन्,’ उनले भने ।
उनले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थाबढाइ दलहरुमा हौसला सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
उनले भने, ‘निर्वाचनका लागि शान्ती सुरक्षाको व्यवस्था बढाउन शान्तीपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनी सबैले स्वतर्स्फुत निर्वाचनका भाग लिन हौसला सिजर्ना हुन्छ भन्ने कुरामा यसतर्फ सरकारको ध्यान जाओस ।’
सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेमा देशले ठुलो संवैधानिक फड्को मार्ने उनले बताए ।
देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका हुन् । सम्बोधनका क्रममा पार्टीको विशेष वा नियमित महाधिवेशनको प्रसंग भने उठाएनन् । सो क्रममा पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छा अनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताए ।
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP