कोशीपारी अनलाइन
असोज २७, काठमाण्डौं
भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ भरीका लागि सबै प्रकारका सूचना तथा विज्ञापन प्रकाशन गर्न इच्छुक सबै सञ्चार संस्था तथा मिडिया हाउसहरुलाई दररेट पेश गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक सबै पत्रपत्रिका तथा मिडियाहाउस (स्थानीय तथा राष्ट्रियस्तर) समेतलाई दररेट पेश गर्न अनुरोध गर्दै १५ दिनभित्र आवश्यक कागजातहरु पठाउन सूचना जारी गरेको हो । यस सम्बन्धी आवश्यक कागजात इमेल Cad.bhumlumun@gmail.com मा पठाउन सकिने उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटालेद्धारा हस्ताक्षरित पत्रमा दररेट पेश गर्ने सञ्चार संस्थाहरुले निम्न कागजातहरु अनिवार्य रुपमा बुझाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
आवश्यक कागजात निम्नानुसार उल्लेख गरिएको छ :
निवेदन
सूचना तथा प्रसारण विभागमा दर्ता प्रमाण–पत्र
प्रेस काउन्सिल नेपालमा दर्ता प्रमाण–पत्र
आर्थिक वर्ष २०८१/८२ को करचुक्ता प्रमाण–पत्र
घरेलुमा दर्ता भएको भए व्यवसायिक दर्ता तथा प्यान नं. प्रमाण–पत्र

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...