२०८२ फाल्गुन २५
March 9, 2026, Monday

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

कोशीपारी अनलाइन संवाददाता
असोज २७, काठमाण्डौं

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए ।
मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे ।
उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो । यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको र यस विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको बताए ।
उनले भने, ‘नेपाल विपद् संवेदनशिल क्षेत्रको रुपमा रहेको छ । हरेक वर्ष विपद्को कारण नेपालमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपाल भौगोलिक रुपले सुन्दर छ । तर त्यतिकै जोखिमपूर्ण पनि छ । हामीले विपद्लाई प्राकृतिक मात्र नभैइ सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP