२०८३ बैशाख १५
April 28, 2026, Tuesday

सर्लाहीको धनकौलमा बाढी प्रभावितलाई राहत वितरण

सर्लाहीको धनकौलमा बाढी प्रभावितलाई राहत वितरण

कोशीपारी अनलाइन
असोज २५, काठमाण्डौं

सर्लाही । हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि सर्लाहीको धनकौल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ।
शुक्रबार धनकौल गाउँपालिकाको कार्यालयमा औचारिक कार्यक्रम आयोजना गरि बाढी प्रभावितलाई राहत वितरण गरिएको हो। कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र रास्ट्रिय रोजगार प्रबद्र्वन केन्द्र (आरआरपिके) को सहकार्यमा सम्पन्न भएको हो।
बाढीबाट विस्थापित तथा क्षतिग्रस्त २८० घर परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको हो। यसका साथै, जुन बाढी पीडितको घरमा दुई महिना भन्दा साना शिशु, सुत्केरी महिला छन् त्यहाँ ‘डिग्निटि किट’ राहत वितरण गरिएको छ ।
बाढी प्रभावितलाई गैर खाद्य सामग्रीमा त्रिपाल, डोरी, कम्बल, सुत्ने म्याट, पी–फम, सौर्य बत्ति, लामखुट्टे झुल वितरण गरिएको थियो भने ‘डिग्निटि किट’मा नुहाउने साबुनदेखि विभिन्न कपडालगायतका सामग्रीहरु थिए। राहतले प्रभावित परिवारहरूलाई तत्कालका आवश्यकता पूरा गर्न सहयोग पुर्‍याएको स्थानीयहरूले बताएका छन्।
गाउँपालिकाले राहत वितरणपछि बाढीपीडित क्षेत्रका घर पुनःस्थापना, सडक र सरसफाइ सुधारका कामलाई प्राथमिकता दिने जनाएको छ। साथै, दीर्घकालीन पुनर्निर्माण योजना तयार पार्दै विद्यालय, स्वास्थ्य चौकी र खानेपानीका संरचना मर्मत गर्ने तयारी समेत गरिएको गाउँपालिकाले जनाएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP