कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं
नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ ।
शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । टस हारेर पहिला ब्याटिङको गरेकोे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।
उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रन बनाए ।
बलिङमा नेपालका गुल्सन झाले २, सन्दीप लामिछानेले २, सोमपाल कामीले १ गुल्सन झाले १ विकेट लिएका थिए।
जापानमाथि जित हासिल गरी नेपालले २ अंक जोड्दै सुपर–६ मा गएको छ । नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...