२०८२ कार्तिक २१
November 7, 2025, Friday

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं

नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ ।
शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । टस हारेर पहिला ब्याटिङको गरेकोे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।
उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रन बनाए ।
बलिङमा नेपालका गुल्सन झाले २, सन्दीप लामिछानेले २, सोमपाल कामीले १ गुल्सन झाले १ विकेट लिएका थिए।
जापानमाथि जित हासिल गरी नेपालले २ अंक जोड्दै सुपर–६ मा गएको छ । नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP