कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं
शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ । शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ । ‘हामीले हाम्रा ग्राहकका लागि रेड्मी नोट १४ सिरिजलाई थप सुलभ बनाउने लक्ष्य पनि राखेका छौं, जसले गर्दा हाम्रा ग्राहकलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ,’ उनले भने ।
रेड्मी नोट १४ सिरिजको विभिन्न क्षमताका फोनको नयाँ मूल्यअनुसार २३ हजार ९९९ देखि ३४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...